दाङ । मोटरसाइकल दुर्घटना हुँदा स्थानीय
२५ वर्षीय सम्राट गिरीको मृत्यु शुक्रबार राति करिब १० बजेतिर तुलसीपुरबाट पश्चिम जाँदै गरेको लु.प्र.०२-००१ प ०९४६ नम्बरको मोटरसाइकल रोकिएको रा १ त १४२२ नम्बरको ट्र्याक्टरमा ठोक्किँदा गिरी घाइते भएका थिए । उनलाई उपचारका लागि तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो । उपचारका क्रममा करिब राति ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।
प्रहरीले ट्याक्टर चालक बबई गाउँपालिका ७ बस्ने २९ वर्षीय इन्द्रबहादुर डाँगीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तै घोराही – १५ दिपज्योति फ्याक्ट्रीबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख २२५४ नम्बरको टिपरसँग ठोक्किँदा रा १ ब ८८५ नम्बरको मोटरसाइकलका चालक घोराही दिपशिखा चोक बस्ने २८ वर्षीय शक्तिसिंह जिसी घाइते भएका छन् ।
घाइते जिसीको उपचार मेडिकल कलेजमा भइरहेको प्रहरीले जनाएको छ । टिपर चालक घोराही १५ भरतपुर बस्ने २४ वर्षीय प्रविण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।