२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

लागुऔषध नाईट्रोभेट ट्याबलेट सहित एकजना पक्राउ

Logo
रोशन निधि प्रकाशित शनिबार, भाद्र ०१, २०८१

 

महोत्तरी । जिल्ला महोत्तरी बर्दिबास नगरपालिका वडा नं. ०३ स्थित पाटुमा इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीबाट ट्राफिक सहितको संयुक्त प्रहरी चेकिङ्ग टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा मिति २०८१-०४-३२ गते अन्दाजी ११:१५ बजेको समयमा बर्दिबासबाट काठमाण्डौतर्फ जादैं गरेको बागमती प्रदेश ०२-०२५ प ६४६७ नम्बरको कालो सेतो रंगको NS PULSAR मोटरसाईकल रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकलको पछाडी कालो खैरो रंगको कपडाको झोलाको चेन खोली हेर्दा सो झोला भित्र कपडामा टेपले बेरी राखिएको प्रतिबन्धित लागुऔषध नाईट्रोभेट-१० लेखिएको १४७३ पिस ट्याबलेट, कोरेक्स १ बोतेल र मो.सा. सहित उक्त मो.सा चालक र मो.सा. मा पछाडी सवार जिल्ला भक्तपुर चाङुनारायन नगरपालिका वडा नाे.१दुवाकोट बस्ने पुस्कर श्रेष्ठको छोरा बर्ष २३ को किसन श्रेष्ठ माेटरसाईकल चालक ऐ.ऐ बस्ने मिन बहादुर वाइवाको छोरा बर्ष २२ को बिकास वाइवा मानिसहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीमा ल्याई राखी आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित सुचना अधिकारी प्रहरी निरीक्षक धर्मराज मुडभरिले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) तथा प्रदेश समन्वय विभाग प्रमुख डम्बर बहादुर वि.क. नेपालगन्जको जमुनाह नाका स्थित भन्सारको यात्रु शाखा र एकीकृत जाँच चौकी (ICP) को समस्याबारे बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएको छ। *निरीक्षणको उद्देश्य:* 1. *यात्रु शाखाको अवस्था*: भारतबाट दैनिक हजारौं यात्रु भित्रिने जमुनाह नाकामा यात्रु शाखामा भीड व्यवस्थापन, चेकजाँच प्रक्रिया, भन्सार छुटको […]

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

error: Content is protected !!