बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको मातहतमा रहेको साई गाउँ प्रहरी चौकीले तस्करी भईरहेको सूचना पाएपछि करिब ६ लाख बराबरको भन्सार छली गरि ल्याउन लागेको अवस्थामा सामान बरामद गरेको छ ।
विहानै भारतीय सिमा नाका रुपैडिहा हुँदै पचपोखरा आउने क्रममा सुराकीको आधारमा साई गाउँ प्रहरी चौकीका इन्चार्ज सई विष्णु शाहीसहितको टोलीले करिब ६ लाख बराबरको सुर्तीजन्य, मोविल र कपडा बरामद गरेको हो । ठुलो मात्रामा अवैध सामान बरामद गरेको साई गाउँ प्रहरी चौकीले जानकारी दिएको छ ।