बाँके । नेपालगन्ज उपमहानगरपालिका ४ स्थित भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठरी गरी ल्याएको कुर्ता सुरुवाल र लेडिज चप्पल अन्दाजी मुल्य रु.४,२२,०००। चार लाख बाइस हजार बराबरको सामान फेला पारी बरामद गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेबाट भन्सार कार्यालय बुझाएको बाँके प्रहरीले जानकारी दिएको छ ।