२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

पशुपतिनाथ कोटीहोम स्थलमा उत्पन्न तनावको घटनाको छानबिनका लागि ७ सदस्यीय समिति गठन

Logo
ABC-Sanchar प्रकाशित शनिबार, भाद्र ०१, २०८१

काठमाडौं । शनिबार दिउँसो भएको छलफलपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ ।

समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी गंगा पौडेल, सशस्त्र प्रहरी बलका डीएसपी प्रमोद राय, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महांघका सचिव गोविन्द चौलागाईं, मानव सेवा फाउन्डेसनका विष्णु कुमार थापा सदस्य छन् भने जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुपम पौडेल सदस्य सचिव छन् ।

उक्त समितिलाई कोटीहोम आयोजनास्थलमा शुक्रबार राति भएको घटनाको बारेमा स्थलगत अध्ययन र छानबिन गरी सत्यतथ्यसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको छ ।

शुक्रबार राति पशुपतिको कोटिहोम स्थलमा प्रहरी पुगेपछि कथावाचक विजय कृष्णमूर्तिका समर्थकले प्रतिवादन गरेका थिए । कृष्णमूर्तिलले आफूलाई पक्राउ गर्न आएको भन्दै समर्थकलाई प्रतिवाद गर्न आह्वान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]