दाङ । जनताको पुर्ण लगानिमा निर्मित, गढवा र लमही क्षेत्रकै एउटा महत्वपुर्ण संरचना,* राप्ती नदि शबदाह प्रतीक्षालय * जहाँ यस क्षेत्रका सब्बै सम्प्रदाय को “शब” बिसर्जन गर्ने गरिन्छ ।
तर २०७४ सालमा निर्मित उक्त संरचनाको आज सम्म न कुनै स्थानीय सरकार , जनप्रतिनिधी , अभिभावकहरुले सरक्षण- सम्बर्धन-ब्यवस्थापनमा अझै सम्म एक मोहर लगानी गरे , न कसैले यो समाजको अपरिहार्य सम्पती हो भनेर स्वामित्व ग्रहण नै गरे!
आज बर्षात को समयमा जलिरहेको शबलाइ शोला सहितै बाढिले बगाएको , जलिरहेको लाशलाइ शोला सहित उक्त ठाउबाट तीन पटक स्थानान्त्रण गर्नु परेको , बिच बगरमा टिनको छानो लगाएर जलाउन बाध्य भएको अवस्थाबाट को नै अनभिज्ञ छौ र ? तर पनि हाम्रा प्रतिनिधि , समाजसेबी, नेतृतब बर्ग कुन बिकास, र कुन सभ्यताको खोजिमा भौतारिरहेका छौ ?
के राप्ती नदि दक्षिणी क्षेत्रमा एउटा एम्बुलेन्स चाहिदा पनि जनताले चन्दा उठाउनु पर्ने? अनि नागरिको शबलाइ जलाउने ब्यवस्थापन पनि सर्बसाधारण्ले नै गर्नु पर्ने भए हाम्रा जन निर्वाचित प्रतिनिधिहरुको दायित्व भुमिका के ? बिकाशका नाममा नागरिककस करबाट सन्कलित बजेट कहाँ लगानी भैरहेको छ ? एउटा प्रश्न, तर सब्बैका लागि ।
” के हामिले मृत्यु वरण नै गर्नु न पर्ने हो र ? ”
आजको दिन मात्रै कसैको शब दहन गर्ने अवस्था आइलागे , यो घाटमा जलाउने ठाउँ छैन , राप्तिको बगर भरि बाढिले ढपक्कै ढाकेको छ , मलामी र किरिया पुत्रीले ओत लाग्ने ठाउ छैन , पिउने पानी छैन , शौचालय छैन , पर्याप्त दाउरा छैन, हुनै पर्ने धेरै कुरा छैनन ।
के हामिले एता ध्यान दिनु पर्दैन र ? कि यता तिर लगानी गर्नुलाइ आज भोलि बिकास मानिदैन र ?
कहिले काहीँ त एकै दिनमा अवधी – थारु – पहाडी सम्प्रदायका ३/४ वटा लाशहरु “दहन” गरिने उक्त समुदायको धार्मिक, सामाजिक सम्पदालाई हामिले संरक्षण ब्यवस्थापन गर्नु हाम्रो दायित्व भित्र अवस्य पर्छहोला तेसैले अबिलम्ब यस्को ब्यवस्थापनमा जोड दिन सब्बैमा निबेदन छ ।
शुभ बिहानिमा उब्जिएको
प्रश्न एउटा सरोकार सब्बैको
,