२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

बारा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुईजना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र ०२, २०८१

 

बारा । ईलाका प्रहरी कार्यालय सिमरा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर २ सिमरा चौकमा हिडिरहेका शंकास्पद व्यक्तिहरूलाई जाँच गर्दा प्रतिबन्धित लागू औषधसहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का ४६ वर्षीय विजय जैसवाल र छिपहरमाई गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय मेघनाथ महतो रहेका छन्। प्रहरीको अनुसार, उनीहरूले पिठ्युँमा बोकेको कालो झोलामा लुकाएर राखेको प्रतिबन्धित लागू औषध भेटिएको छ।

प्रहरीले उनीहरूको साथबाट २०० पिस फेनारगन, २०० पिस लुफिन, र २०० पिस डाईजोपान बरामद गरेको छ। पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) तथा प्रदेश समन्वय विभाग प्रमुख डम्बर बहादुर वि.क. नेपालगन्जको जमुनाह नाका स्थित भन्सारको यात्रु शाखा र एकीकृत जाँच चौकी (ICP) को समस्याबारे बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएको छ। *निरीक्षणको उद्देश्य:* 1. *यात्रु शाखाको अवस्था*: भारतबाट दैनिक हजारौं यात्रु भित्रिने जमुनाह नाकामा यात्रु शाखामा भीड व्यवस्थापन, चेकजाँच प्रक्रिया, भन्सार छुटको […]

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

error: Content is protected !!