२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

सिरहा प्रहरीले ६ लाख बराबरको सुन चाँदीसहित १ जना पक्राउ

Logo
रोशन निधी प्रकाशित आइतबार, भाद्र ०२, २०८१

 

सिरहा । नगरपालिका वडा नं.०७ महिसोथा स्थित ग्रामीण सडक खण्डमा मिति २०८१-०४-३२ गते अन्दाजी १०:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्र.ब. ह. सिताशरण रायको कमाण्डमा खटिएको QRT टोलीले सिरहाबाट चौहर्बातर्फ जादै गरेको प्र १-०१-०१४प ४६२५ नं. को मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाईकल चालक जिल्ला पाँचथर, आरूबोटे नगरपालिका वडा नं.०५ बाजघरा स्थायी घर भई हाल जिल्ला झापा, दमक स्थितमा डेरा गरी अस्थायी रुपमा बसोबास गर्ने अंन्दाजि वर्ष २८ को रोशन बराईलीले बोकेको पछाडी भिर्ने कालो झोलामा बिल-बिजक बिनाको निम्नानुसारको सेतो चाँदी र पहेलो सुन जस्तो देखिने धातुका गर-गहना, पोते मोती माला फेला परेको हुँदा उक्त धातुहरू बरामद गरी रोशन बराईलीलाई उक्त मोटरसाईकल सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी गराउनु भएको छ ।

निम्न धातुहरूः-

चाँदी जस्तो देखिने धातु‌को गर-गहनाहरु

१. बाला-६४ थान

२. ब्रासलेट-११ थान

३. चुरा २९ थान

४.रड १ थान

तौल जम्मा चाँदीको वजन २६५२.४ ग्राम मूल्य रु. २,१७,६८०.७९/-

सुन जस्तो देखिने पहेलो धातुको गर-गहनाहरु

१. हरियो पोतेमा जडित माला-१८ थान

२. रातो पोतेमा जडित माला ३० थान

. सेतो मोती मालामा जडित-५ थान ३

४. खुल्ला चन्द्रमा -६ थान

५. पोतेमा जडित चक्र-८ थान

६. पोतेमा जडित मंगलसुत्र-१ थान

तौल गर्दा जम्मा सुनको वजन २६.०५ ग्राम मूल्य रु. ३,३५,२२८.४८/-

जम्मा सुन र चाँदी मुल्य रु. ५,५२,९०९.२७/-

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]