पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले १४९ वटा मोटरसाइकल नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको हो । पाँच पटक भन्दा बढी सवारी मोडिफाईड गरी सवारी नियम उल्लंघन गर्ने सवारी धनीहरूलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाउने कास्की प्रहरीले जनाएको छ ।
पहिलो पटक कारबाहीमा परेका सवारी धनीहरूलाई सामान्य जरिवाना गरी छाडिने कास्की प्रहरी प्रमुख मोहन कुमार थापाले जानकारी दिए ।