२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका ६६ जना नेता-कार्यकर्ताले पार्टी त्यागको घोषणा

Logo
ABC-Sanchar प्रकाशित सोमबार, भाद्र ०३, २०८१

 

दाङ । तुल्सीपुर पार्टी स्थापनाकालदेखि नै सदस्य रहेका दाङ क्षेत्र नम्बर ३ का सभापति मेघराज केसीलगायत विभिन्न क्षेत्रीय सदस्य, घोराही र तुलसीपुर उपमहानगरपालिका स्तरीय समितिका पदाधिकारी र सदस्यहरूले पार्टी त्याग गरेका हुन् ।

उनीहरूले गत शनिबार रिपोटर्स क्लब तुलसीपुरमा पत्रकार सम्मेलन गरी पार्टी त्यागको घोषणा गरेका हुन् । ठूलो आशा बोकेर पार्टीमा लागेकामा अन्तमा निराश भएको क्षेत्रीय सदस्य विजय केसीले बताए । पार्टी छोडेर स्वतन्त्र अभियान सुरु गरेको उनले बताए ।

लामिछाने पुराना नेताभन्दा बढी अनैतिक र भ्रष्ट देखिएपछि पार्टीमा रहन नसकेको उनले बताए । उनले तत्काल कुनै पार्टीमा नजाने र छुट्टै अभियान सञ्चालन गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]