२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

माओवादी अध्यक्ष पुष्पकमल दाहालको लिडरसिपमाथि पहिलोपटक लिखित रूपमा प्रश्न

Logo
Abc Sanchar प्रकाशित मंगलबार, भाद्र ०४, २०८१

 

काठमाडौँ । माओवादीका तत्कालीन नेता मोहन वैद्य र बाबुराम भट्टराई अलग भइसकेपछि अध्यक्ष पुष्पकमल दाहालको ‘लाइन र लिडरसिप’ माथि पहिलोपटक लिखित रूपमा प्रश्न उठेको छ । पछिल्लो स्थायी समितिमा उपमहासचिव जनार्दन शर्मा र सचिव राम कार्कीले लिखित र मौखिक रूपमा ‘लाइन र लिडरसिप’ माथि प्रश्न उठाएका हुन् ।

२०४५ देखि पार्टीको मुख्य नेतृत्वमा रहेका दाहालमाथि यसअघि वैद्य र भट्टराईले मात्रै चुनौती दिएका थिए । माओवादीबाट वैद्य र भट्टराई बाहिरिएपछि दाहाल पार्टी निर्णयमा सर्वेसर्वा हुँदै आएका थिए ।

भट्टराईले त सशस्त्र युद्धकै बेला ‘युद्धका सर्वोच्च कमान्डर’ दाहालमाथि २०६० तिर प्रश्न उठाउँदा आफ्नै लडाकुको घेराबन्दीमा परेका थिए । त्यसपछि चुनावाङ बैठकमा दाहाल र भट्टराईबीच समझदारी त बन्यो, तर त्यो मतभेद कहिल्यै समाधान भएन । अन्ततः २०७२ मा संविधान जारी भएपछि भट्टराईले माओवादी पार्टी नै त्याग गरे ।

२०६० जेठमा चुनवाङमा माओवादी केन्द्रीय समितिको बैठकबाट इतिहासका अनुभव र २१ औं शताब्दीमा जनवादको विकासबारे दस्तावेजमा ‘सामन्तवाद–साम्राज्यवाद विरोधी शक्तिसँग राजनीतिक प्रतिस्पर्धा गर्ने निर्णय’ गरेपछि दाहाल र भट्टराईबीच एकता भयो । त्यही बैठकबाट राजाको शासनविरुद्ध आन्दोलन गरिरहेका कांग्रेस, एमालेलगायत सात दलसँग ‘मोर्चाबन्दी’ गर्ने वातावरण बनेको थियो ।

२०६९ जेठ ३ मा बौद्धमा सम्पन्न भेलाद्वारा मोहन वैद्यको नेतृत्वमा नेकपा माओवादीको गठन भयो । २०६९ असारमा एकीकृत नेकपा (माओवादी) औपचारिक रूपमा विभाजित बन्यो । त्यसपछि वैद्य क्रान्तिकारी माओवादीको अध्यक्ष रहँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]