२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार विश्वासको मत लिँदै

Logo
Abc Sanchar प्रकाशित मंगलबार, भाद्र ०४, २०८१

 

दाङ । साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका
चेतनारायण आचार्यले आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

आचार्य कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा आवश्यक बहुमतको लागि ४४ सांसद चाहिन्छ ।

उनलाई एमाले, कांग्रेस, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी, जनमत, जनता समाजवादी, जनता समाजवादी नेपाल पार्टी र एक स्वतन्त्र प्रदेश सभा सदस्यले विश्वासको मत दिने भएका छन् ।

प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३÷३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र प्रदेश सभा सदस्य खड्ग बस्नेत छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) तथा प्रदेश समन्वय विभाग प्रमुख डम्बर बहादुर वि.क. नेपालगन्जको जमुनाह नाका स्थित भन्सारको यात्रु शाखा र एकीकृत जाँच चौकी (ICP) को समस्याबारे बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएको छ। *निरीक्षणको उद्देश्य:* 1. *यात्रु शाखाको अवस्था*: भारतबाट दैनिक हजारौं यात्रु भित्रिने जमुनाह नाकामा यात्रु शाखामा भीड व्यवस्थापन, चेकजाँच प्रक्रिया, भन्सार छुटको […]

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

error: Content is protected !!