२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

नेपाल पत्रकार महासंघ दाङ शाखामा पत्रकारिता पुस्तकालय केन्द्रको स्थापना

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, भाद्र ०४, २०८१

 

दाङ । मंगलवार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले उद्घाटन गरेका छन । पत्रकारिता पुस्तकालय तथा अनुसन्धान केन्द्रको उद्घाटन गर्दै अध्यक्ष पोख्रेलले शाखामा स्थापना गरिएको पत्रकारिता पुस्तकालय तथा अनुसन्धान केन्द्रले पत्रकारहरुमा पठन संस्कृतिको विकास गर्नुका साथै पत्रकारहरुको वौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यसलाई निरन्तरता र विकास गरेर लैजानुपर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका अध्यक्ष पोख्रेलले अहिले राज्यको प्राथमिकतामा पत्रकारिता नभएको उल्लेख गर्दै राज्य अहिले प्रेस स्वतन्त्रतामैत्री कानुन समेत बनाउन झस्किरहेको बताए ।

उनले राज्यले प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने र संकुचित कानुन बनाउने खतरा रहेको भन्दै यसमा पत्रकार महासंघलगायत पत्रकारहरु चनाखो हुनुपर्ने बताए ।

महासंघ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरु केपी मसाल, सुशील गौतम, सल्लाहकारहरु सुदीप गौतम, सविन प्रियासन, लक्ष्मी आचार्य, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, प्रेस चौतारी दाङका निवर्तमान अध्यक्ष जेएन सागर, प्रेस सेन्टरका लम्बिनी प्रदेश उपाध्यक्ष प्रकाश चौधरीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

महासंघ शाखा उपाध्यक्ष सन्तोष सुवेदीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गरेका थिए ।

अनुसन्धान केन्द्रमा पत्रकारिता सम्बन्धि अध्ययन गर्नका लागि विभिन्न पुस्तकहरु राखिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]