२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

पुरानो पार्टीले आफुहरुको मुख्य एजेन्डा छाडेको कारण नयाँ पार्टीको स्थापना गर्नु परेको हो नेता : राई

Logo
सुकराम ठाकुर प्रकाशित बिहिबार, भाद्र ०६, २०८१

 

बाँके । जनता समाजबादी पार्टीका महासचिव मोहम्मद ईस्तियाक राईले पुरानो पार्टीले आफुहरुको मुख्य एजेन्डा छाडेको कारण नयाँ पार्टीको स्थापना गर्नु परेको बताएका छन् । जनता समाजबादी पार्टीको जिल्ला आयोजक समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै सो उनले सो कुरा बताएका हुन ।

पूर्व मन्त्री समेत रहेका महासचि राईले मधेश र उत्पिडनको मुख्य मुद्दा लिएर स्थापना भएको पार्टीमा तत्कालिन पार्टी नेतृत्वले एकलौटी तानाशाह प्रबृति लादेर आफ्नो मूल एजेण्डा नै किनारा लगाएपछि आफुहरुले बाध्य भएर नयाँ पार्टी स्थापना गर्नु परेको स्पष्ट पारे ।

उनले भने–‘ जनता समाजबादी पार्टी नेपाल उत्पीडन र उत्पीडितको एजेण्डासंगै मधेशका मुद्दा र समस्या समाधान गर्ने थलोको रुपमा स्थापित भएपनि पार्टी नेतृत्वले आफुलाई प्राप्त जनमत र उपलब्धीलाई पैत्रीक सम्पत्तिको रुपमा ठानेर जथाभावी गर्दा हामीले अर्को बाटो रोज्नु परेको हो ।’

उनले आफुले १८ वर्षसम्म रगत पसिना बगाएको पार्टीमा पुराना र संस्थापक व्यक्ति कुनै पनि नरेहेको दाबी गर्दै भने–‘ हैकमबादी र पारिवारिक मोहका कारण पुरानो पार्टीका अध्यक्ष अब एक्लै हुने अवस्थामा पुग्नु भयो ।’

उनले आफुहरुको मुद्दा र एजेन्डा मिल्नेसंग गठबन्धन हुन सके पनि पार्टी नै विलय हुने वा एकता गर्ने अफवाह मात्र भएको भन्दै पार्टीको संगठन निर्माणमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

पूर्व मन्त्री समेत रहेका महारचिव राईले आफु निर्वाचन जिते पनि हारे पनि जनता कै साथमा सुखदुखमा रहदै आएको बताउदै पछिल्लो निर्वाचनमा आफु सफल नभए पनि आफुले ल्याएका विकासे योजना भने हालसम्म पनि सञ्चालन मै रहेको देख्दा खुशी लागेको बताए ।

उनले भने–‘ उ बेलामा मेरो कार्यकालमा ल्याएको विकासे कार्यक्रमको विषयमा लिएर मलाई नै चुरन मन्त्री भन्दै खिस्सि टिउरी गरे आज निर्वाचित भएर गएको लामो समयसम्म पनि आफुले कुनै योजना ल्याउन नसकी मैले नै सुरुवात गरेका योजना जिल्लामा सञ्चालनमा रहदा आफुले केही गरे झै लागेको छ ।’ उनले त्यतिबेला आफुलाई चुरन मन्त्री भन्नेलाई खोजेर नेपालगञ्ज तथा बाँकेको विकासको बारेमा सोध्न आग्रह गरे ।

उनले आफुले बोकेको एजेण्डालाई मुख्य लक्ष मानेर पार्टीको संगठन विस्तार गर्ने क्रममा आफुहरु रहेको बताउदै समाजलाई सहि बाटो देखाउदै समाजिक सदुभाव र भाईचारा काया राख्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

उनले कुनै धर्म,जात, समुहको भन्दा सामुहिक हितका लागि हातेमालो गरी अघि बढ्ने उद्घोष गरे । लुम्बिनी प्रदेश सभा सदस्य भण्डारीलाल अहिरको अध्यक्षतामा सम्पन्न सो कार्यकक्रममा पूर्व स्वास्थ्य राज्य मन्त्री हसिना खान, प्रदेश सभा सदस्य आदेश अग्रवाल, युवा नेता अमर खड्का, अतहर हुसेन फारुकीलगायतले सम्बोधन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]