२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

भन्सार छलेर लयाईएकाे १३९ बाेरा दाल सहित जिप प्रहरीको नियन्त्रणमा

Logo
रोशन निधी प्रकाशित शुक्रबार, भाद्र ०७, २०८१

 

सर्लाही । जिल्ला सर्लाही विष्णु गाउँपालिका वडा नं. ०२ स्थित मिति २०८१-०५-०५ गते अन्दाजी १३:०० बजेको समयमा नदिया पकडी टोल बाटोमा दक्षिण भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश २- ०४-००१ च ००९० नम्बरको पिकअप गाडीमा भारतिय दाललाई गणेश लेखिइएका बोरामा प्याक गरी ल्याएको ६६ बोरा मन्सुरो दाल, ५१ बोरा कट मन्सुरो दाल, १२ बोरा करैया दाल गरी जम्मा १२९ बोरा (अंन्दाजि मुल्य ३,४०,०००/-) ( तिन लाख चालिस हजार) बराबरको दाल र किराना सामान अं.मु.५१९६५ (एकाउन हजार नौ सय पैसठी) तथा रु.१५,००,०००।- (पन्ध्र लाख) बराबरको पिकअप गरि रु. १८,९१,९६५।- (अठार लाख एकान्ब्बे हजार नौ सय पैसठी मात्र) बराबरको सामान रित पुऱ्याइ चालक सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सर्लाही भन्सार कार्यालय, मंलगवामा बुझाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक प्रव्क्ता तथा सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]