दाङ । घोराहीमा नेवारी संस्कार संस्कृतिको संरक्षण गर्ने उदेश्यले लाखे नाच निकालिएको नेवार सेवा समिति दाङका अध्यक्ष बिमलमान श्रेष्ठले बताए ।

नयाँ पुस्तालाई नेवारी संस्कृतिको बारेमा थाहा छैन´उनले भने-`त्यहीँ सस्कार सिकाउन लाखे नाच निकालेका हौँ ।

दाङ घोराहीमा बस्दै आएका नेवार समुदायले लाखे नाच निकालेका हुन श्रीकृष्ण जन्माष्टमी सम्म लाखे नाच नाच्ने हेर्न गाउँघर देखि शहर बजार सम्म बालबालिका वृद्धवृद्धि सबै जना लाखे नाच हेर्ने रुचाउने गरेको नेवार सेवा समिति दाङका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ ।