२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

दाङ प्रहरीको आयोजनामा विद्यालयहरुमा लागूऔषध विरुद्ध सचेतना मूलक कार्यक्रम

Logo
सागर थापा प्रकाशित शुक्रबार, भाद्र ०७, २०८१

 

दाङ । घोराही समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप आज मिति २०८१।०५।०७ गते घोराही उपमहानगरपालिका वडा नं. १६ रावतगाउँ स्थित वडा कार्यालयको सभाहलमा जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक सेवा केन्द्र घोराही दाङ संयुक्त आयोजना तथा घोराही उपमहानगरपालिका वडा नं. १६ वडा कार्यालयको सहकार्य एवं सामुदायिक सेवा केन्द्र घोराही दाङका अध्यक्ष आर.के. सितलको अध्यक्षता, जिल्ला प्रहरी कार्यालय दाङका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यता,


घोराही उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष तारा बहादुर डि.सी.को विशिष्ठ आतिथ्यता, वडा सचिव तेजा गैरे, वडा सदस्यहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु लगायतको आतिथ्यता एवं घोराही उपमहानगरपालिका वडा नं. १६ स्थित विभिन्न टोलका प्रतिनिधिहरु, आमा समुहका प्रधिनिधिहरु, स्थानीय नागरिकहरु, ज्ञानमाला बोर्डिङ स्कुल र अम्विकेश्वरी शिक्षा सदन सर्रामा अध्ययनरत विद्यालयहरु लगायत अन्दाजी २०० जनाको सहभागितामा संचालिन “लागू औषध विरुद्ध सचेतनामूलक कार्यक्रम” मा यस कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले अपराधको परिचय, अपराध रोकथाम तथा न्यूनिकरणमा समुदायको भूमिका, लागू औषधको परिचय, लागू औषध दुर्व्यनमा पर्नुको कारण, दुर्व्यसनीमा देखिने लक्षणहरु, दुर्व्यसनबाट बच्ने उपाय, लागू औषध सम्वन्धि अपराधमा दाङ जिल्लाको अवस्था, अपराध न्यूनिकरण गर्न प्रहरीले गरेको प्रयास र कानूनी प्रावधान लगायत विषयमा सचेतनामूलक प्रशिक्षण दिनु भएको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]