२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

महोत्तरीबाट सशस्त्र प्रहरीले १५ लाख २४ हजार ९ सय भारतीय रुपैयाँसहित २ जना

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र ०९, २०८१

 

महोत्तरी । जलेश्वर नगरपालिका-२ स्थित मालिवडाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १५ लाख २४ हजार ९ सय भारतीय रुपैयाँसहित भारतीय नागरिकहरु वैशाली हाजिपुरका ३४ वर्षीय ललन कुमार र सोही ठाउँका २६ वर्षीय मोहन कुमारलाई नियन्त्रणमा लिएको हो ।

आइतबार बिहान सशस्त्र प्रहरी बल, नेपाल गुल्म जलेश्वरबाट मलिवडा बसपार्क इलाकाबाट सशस्त्र प्रहरी निरीक्षक गान्धर कुमार चौलागाईंको टोलीले भारतीय सीमा पार गरी नेपाल प्रवेश गरेको बीआर ३१ एके ८८०७ भारतीय नम्बरको अल्टो कार चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम फेला पारेको सशस्त्र प्रहरी बल, नेपाल नं ९ गण हेडक्वार्टर जलसागरले जनाएको छ ।

कारमा सवार रहेका नं ९ गण हेडक्वार्टर महोत्तरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिए । कारको डिक्कीमा हरियो रंगको झोलामा लुकाइ छिपाइ राखेको अवस्थामा भारतीय रुपैयाँ पाँच सय, दुई सय र एक सय दरका नोटहरू फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई रकमसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]