बारा । विशेष सुचनाको आधारमा मिति २०८१ भदौ ०९ गते दिउँसो १३:०० बजेको समयमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा, कलैया उप-महानगरपालिका वडा नं.१४ बघवन स्थित वीरगंज बाट बरियारपुर तर्फ जादै गरेको ना ५ च १८०१ नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा बिल बिजकसंग नमिलेको उक्त गाडिमा लोड गरेको १९५ कार्टुन चाईनिज तास अं.मुल्य रू. २,७२,०००/- (दुई लाख बहतर हजार) बराबरको पिकअप सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय, पथलैया पठाईएको व्यहोरा सूचित गरिन्छ ।