२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

लुम्बिनी प्रदेश प्रहरीले जिल्ला एसपीहरुसंग ८१/८२ को वार्षिक कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर

Logo
सागर थापा प्रकाशित सोमबार, भाद्र १०, २०८१

 

दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी कुवेर कडायत बाट कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय दाङ र नेपाल पुलिस स्कूल घोराही दाङका कार्यालयका प्रमुखहरुसँग भौतिक उपस्थितीमा तथा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल, लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्ज बाँके र मातहत सम्पूर्ण जिल्ला प्रहरी कार्यालयहरूका कार्यालय प्रमुखहरूसँग Virtual माध्यमबाट आ.व.२०८०/०८१ को कार्य प्रगती समीक्षा तथा आ.व.२०८१/०८२ को लागि वार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न भयो ।


साथै उक्त कार्यक्रममा प्र.ना.म.नि. ज्यूले उपस्थित सम्पूर्ण प्रहरी अधिकृतहरुलाई कार्यसम्पादन सम्झौतामा तोकिएको क्रियाकलापहरुमा उत्कृष्ट नतिजा हासिल गर्ने गरी कार्यसम्पादन गर्न र प्रदेशको सम्रग शान्ति सुरक्षा सम्बन्धी समसामयिक बिषयवस्तुमा निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]