२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

हेटौडाको बसपार्क एक होटलमा संगै बसेका केटीको हत्या गरेर युवा झ्यालबाट फरार प्रहरीको आशंका

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र ११, २०८१

 

हेटौंडा । उपमहानगरपालिकाको वडा नम्बर १० स्थित बसपार्कमा रहेको एक होटलमा एक युवती मृत फेला परेकी छिन् । मृत अवस्थामा फेला परेकी युवती हेटौँडा ११ की अन्दाजी २४ वर्षीय एलिसा न्यौपाने रहेको प्रहरीले जानकारी दिएको छ ।

उक्त महिला एक पुरुषसँग आइतबार हेटौडा १० स्थित होटलमा बसेको र बिहान अबेरसम्म कोठा नखुलेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी टोली र संचालन,जनप्रतिनिधि सहितले हेर्दा युवती ओछ्यानमा मृत अवस्थामा रहेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव निरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

कोठा भित्रबाट लक गरिएको अवस्थामा रहेकोले सँगै आएका युवकले न्यौपानेको हत्या गरेर झ्यालबाट बाहिर निस्किएको प्रहरीले आशंका गरेको छ । युवतीसँगै होटल गएका पुरुष आइतबार राति नै निस्किएको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाइएको छ ।

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको भने मृतकको शव हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]