२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

गृहमन्त्री रमेश लेखकले प्रहरी सम्बन्धी ऐन गृह मन्त्रालयबाट पास भएर अर्थ मन्त्रालयमा पुगिसकेको बताए

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र ११, २०८१

 

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

गृहमन्त्री लेखकले नेपाल प्रहरी सम्बन्धी ऐन चाँडै सदनमा पुर्‍याउने बताए । सशस्त्र प्रहरीका कानून र प्रहरी सम्बन्धी अन्य कानून संशोधनका लागि आफुहरु अगाडि बढेको उनको भनाई छ ।

उनले स्थीर सरकार नभएका कारण मुलुकमा सकरात्मक काम हुन नसकेकाले प्रमुख दुई दल मिलेर सरकार बनाएको बताए।

२०७९ सालको चुनावपछिको अवधिमा स्थीर सरकार निर्माण हुन नसक्दा हरेक दुई तीन महिनामा प्रधानमन्त्री र मुख्यमन्त्रीहरुले विश्वासको मत लिन जानुपर्ने स्थिति भएको उनको भनाई छ ।

संसदीय प्रणालीमा सामान्यतः कम हुने गरेको अभ्यासमा प्रवेश गर्दा लामो समयदेखि पूरा हुन नसकेको काम पनि पूरा भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]