पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले मिति २०८१।०५।०८ गते विभिन्न स्थान र समयमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी तस्करी गरी भित्राइएको विभिन्न किसिमका ईलेक्ट्रोनिक्स सामान र किवि गरी अन्दाजि मुल्य रू.५,१५,३५०।- ( पाँच लाख पन्ध्र हजार तीन सय पचास) बराबरका मालबस्तुहरू पक्राउ गरी आवश्यक कारवाहीको लागि मिति २०८१।०५।०९ गते वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रव्क्ता तथा सूचना अधिकारी दिपक भारतिले जानकारी गराउनु भएको छ ।