२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

लागूऔषध ट्रामाडोल सहित एकजना पक्राउ

Logo
सागर थापा प्रकाशित मंगलबार, भाद्र ११, २०८१

बाँके । नेपालगंज उ.म.म.न.पा.१५ जमुनाह स्थित जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्युरो बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा.११ घर भई हाल जिल्ला बाँके बैजनाथ गा.पा. २ बस्ने रेशम नेपालीलाई रोकी चेकजाँच गर्दा निजले आलु बोकेको प्लाष्टिकमा लुकाई छिपाई ल्याएको ९० पत्ता (९०० ट्याबलेट) ट्रामाडोल लागू औषध फेला पारी नियन्त्रणमा लिई सम्मानित बाँके जिल्ला अदालतबाट दिन ५ म्याद थप अनुमती लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]