महोत्तरी । प्रहरी कारवाहीको शिलशिलामा मिति २०८१/०५/११ गते यस जिल्ला प्रहरी कार्यालय, महोत्तरीबाट खटिएको प्रहरी टोलीले सम्मानित महोत्तरी जिल्ला अदालतबाट बिभिन्न मितिमा फैसला भई निम्न बमोजिमको मुद्दामा वारदात पश्चात फरार रहेका निम्न व्यक्तिहरुलाई खोजतलास गरी लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी सम्मानित महोत्तरी जिल्ला अदालतमा दाखिला गरिएको व्यहोरा सूचित गरिन्छ ।
निम्नः-
1. जिल्ला महोत्तरी मटिहानी न.पा. वडा नं. ३ बस्ने अ. बर्ष ४५ को कैसर राईन भन्ने कैसर अली ।
• मुद्दा शिर्षक – ज.ज.क.
• जरिवाना – रु.३,५०,०००।- (तीन लाख पचास हजार)
• कैद- ६ बर्ष ११ महिना ८ दिन ।
2. जिल्ला महोत्तरी जलेश्वर न.पा. वडा नं.०७ बस्ने अ. बर्ष ३५ को सुरेन्द्र राम ।
• मुद्दा शिर्षक- लागू औषध गाँजा
• जरिवाना- रू.१,५०,०००।- (एक लाख पचास हजार)