माछा पालन गर्ने किसान आफ्नो पोखरीका माछा मर्न थालेपछि चिन्तित विष हालेको असंका
बारा । सोमबार र मंगलबार दुई दिनमा मात्रै १० क्विन्टलभन्दा बढी माछा मरेको ठाकुरले जानकारी दिएका छन्।
पोखरीमा रहेका ग्रास, रोहु, बिग्रेट जातिका सबै माछा एकसाथ मरेपछि १० लाखभन्दा बढीको क्षति भएको ठाकुरको भनाइ छ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले कसैले पोखरीमा विष हालेर माछा मारेको हुनसक्ने आशंका व्यक्त गरेका छन्। यद्यपि, यही कारणले माछा मरेको हो भन्ने कुनै ठोस प्रमाण नभेटिएकाले अनुसन्धानपछि मात्र वास्तविक कारण पत्ता लाग्ने उनले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता (डिएसपी) सापकोटाका अनुसार घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ।