२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको परिषर भित्र नव निर्मित भवनहरुको समुद्‍घाटन

Logo
सागर थापा प्रकाशित बुधबार, भाद्र १२, २०८१

 

बाँके । जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१३ शान्तिनगर स्थितमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको परिषरमा नवनिर्मित भवनहरूको एक कार्यक्रम बिच नेपाल प्रहरी संगठन प्रमुख श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूबाट समुद्‍घाटन सम्पन्न भयो ।

साथै उक्त कार्यक्रममा प्रमुख अतिथि तथा अन्य अतिथी ज्यूहरुबाट नवनिर्मित भवनहरूको निरीक्षण तथा अवलोकन गर्नुका साथै कार्यालय परिसरमा प्रमुख अतिथि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यू, नेपाल प्रहरी श्रीमति संघका अध्यक्ष लक्ष्मी कुँवर ज्यू, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतज्यु र रुपन्देही ‍जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालज्युबाट वृक्षरोपण गरीएको ।

कार्यक्रममा प्रमुख अतिथि प्रहरी महानिरीक्षकज्यूबाट इलाका प्रहरी कार्यालय कदमहवा रुपन्देहीलाई जग्गा दान गर्नुहुने पुर्व प्रहरी सहायक निरीक्षक शिल कुमार तिवारीज्यु, कार्यालय परिषर भित्र अमर प्रहरी स्मारक बगेँचा निर्माण कार्यमा सहयोग पुर्‍याउनु हुने गुप्ता नर्सरीका संचालक सुरज गुप्ता, समय सिमा भित्र भवनहरुको निर्माण कार्य सपन्न गर्ने सपना सुन्दरी कन्ट्रक्सन एण्ड इन्जिनियरिङ, प्रा.लि.का छत्रदेव पाण्डेज्यु र प्रहरी क्रियाकलापमा उत्कृष्ण समन्वयकारी भूमिका निर्वाह गर्नुहुने ड्रिम क्रियसन इभेन्ट्स म्यानेजमेन्टका संचालक रवि जैसवललाई प्रशंसा-पत्र प्रदान गरीएको ।

साथै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौरज्यूबाट उपस्थित सम्पुर्णमा स्वागत मन्तव्य राख्नुका साथै रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालज्यु, सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमत खाँज्यू, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूले आ-आफ्नो मन्तव्य राख्नु भएको र लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतज्युबाट उपस्थित सम्पुर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]