२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

मधेस प्रदेशका डीआईजी यज्ञबिनोद पोखरेलमाथि छानविन हुने

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र १३, २०८१

 

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले बुधबार रुपन्देहीमा भाषण गरे। उनले गरेको भाषणले अहिले प्रहरीमा खैलाबैला भएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको भवन उद्घाटन कार्यक्रममा उनले सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको र एक डीआईजी छिट्टै फस्ने बताएका थिए।

उनले भाषणमै डीआईजी फस्न लागेको बताएपछि यो विषय अझ धेरै चर्चामा छ। आइजी निकट स्रोतका अनुसार मधेस प्रदेशका डीआईजी यज्ञबिनोद पोखरेलमाथि छानविन भइरहेको छ। उनको खातामा केही अस्वभाविक कारोबार भेटिएको छ। सोही विषयमा विस्तृत छानविन भइरहेको हो।

पोखरेलले तराईमा खटाएका केही घुमुवालाई झिकाएर उजुरी छानविन शाखाले सोधपुछ गरिरहेको छ।

जसक्रममा जितेन्द्र कर्ण नामक बिचौलियामार्फत उनले तस्करीको लाइन खुलाएर पैसा असुलेको प्रमाण भेटिएको छ।

पोखरेल नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा मधेस प्रदेश गएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]