२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

तिहार नआउदै सर्लाही मलंगवाबाट सशस्त्र प्रहरीले लाखौं मूल्यको पटाकाहरु पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र १४, २०८१

 

सर्लाही । सशस्त्र प्रहरी बल नेपाल नम्वर १० गण सर्लाहीले उपलब्ध गराएको जानकारी अनुसार, मलंगवा नगरपालिका वडा नम्वर ४ गणेशिया चौर इटाभट्टा (चिम्नी) नजिक दुई कोठे जस्ताले छाएको कच्ची टहरामा शंका लाग्दा बुधवार राति ७.४० बजेको समयमा खानतलासी गर्दा लाखौं मूल्य बराबरको पटाका बरादम गर्न सफल भएका हुन् ।

विशेष सूचनाको आधारमा छापा मार्दा नेपालको विभिन्न स्थानहरुमा पठाउनका निमित्त भण्डारण गरिएका ठूलो परिमाणमा पटाका बरामद गरिएको सशस्त्र प्रहरी सिमा बल नेपाल नम्वर १० गणका गणपति एवं एसपी विनोदराज खनालले जानकारी दिए ।

बरामद गरिएको पटाका को बजार मूल्य करिव २७ लाख ७७ हजार ५५२ रुपैया बराबरको मूल्याँकन गरिएको र बरामद पटाका गणमा ल्याएर आवश्यक कारवाही सुरु गरिएको एसपी खनालले बताए । बरामद भएका पटाकामा झिलीमिली, कोब्रा, फुलझरी, राधा चक्र, कदम लगायतका विस्फोटकहरु रहेको उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]