२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

मोटरसाईकल चोरी गर्ने २ जना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र १४, २०८१

 

मोरङ । विराटनगर महानगरपालिका वडा नं.३ स्थितमा रहेको फुलबारी रेष्टुरेन्ट अगाडीबाट चोरी भएको को ३७ प १२६ नम्बरको मटरसाईकल चोरी गरी लिई जाने मध्यका महेश कुमार मेहतालाई चोरीमा प्रयोग गर्ने सामाग्री सहित वारदात स्थलबाटै पक्राउ परेको र उक्त मोटरसाईकल लिई भागी जाने अमन चौधरीको खोजतलाश गर्दा निजलाई उल्लेखित नम्बरको मोटरसाईकल सहित मिति २०८१/०५/१३ गते दिउसो १४:०० बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बुढीगंगा ५ बाट पक्राउ गरी निजको शरीर तलाशी गर्दा NITRAZEPAM TABLETS IP 10 mg लेखिएको १० (दश) वटा भएको १ पत्ता, लागूऔषध समेत बरामद गरी मोटरसाईकल धनी समेत पहिचान गरी चोरीको जाहेरी प्राप्त भई दुवै जनालाई सम्मानित जिल्ला अदालत मोरङबाट दिन ५ (पाँच) को म्याद थप गरी अनुसन्धान भई रहेको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]