काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी जिवन कुमार श्रेष्ठ र यस कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक दलराम टमाटालाई मिति २०८१।०५।१५ गते सेवा निवृत्त भइ जान लाग्नु भएकोले

काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको तर्फबाट मायाको चिनो प्रदान गर्नुहुँदै निमित्त कार्यालय प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्का लगाएतले बिदाई गर्नुभएको थियो ।