२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

नेपाल प्रहरीको अपराध अनुसन्धान सिनियर प्रहरी अधिकृत तालिमको अन्तरक्रिया सम्पन्न

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र १६, २०८१

 

काठमाडौं । भदौ ६ गतेदेखि संचालित अपराध अनुसन्धान तालिम (सि.प्र.अ.) ९७ औं समूहका प्रशिक्षार्थीहरुको आज मिति २०८१/०५/१६ गते संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूसँग अपराध अनुसन्धान सम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्‍न ।


श्रीमान् प्रहरी महानिरीक्षकज्यूले प्रशिक्षार्थीबाट अपराध अनुसन्धानको सम्बन्धमा उठेका जिज्ञासाहरुका समाधान गर्नुका साथै निर्देशन सम्बोधनका क्रममा नेपाल प्रहरी संगठनका अपराध अनुसन्धान लक्षित भावी रणनीति, योजना तथा अपराध अनुसन्धानको क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरूको वृत्ति विकास सम्बन्धमा समेत प्रकाश पार्नु भएको थियो ।

उक्त कार्यक्रमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यू र नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्यको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]