रुपन्देही । नेपाल प्रहरीमा ३० बर्षको गौरवशाली एवं चुनौतिपुर्ण सेवा अवधि देश र जनताको सेवा र सुरक्षामा समर्पित गरी अनिवार्य अवकाश हुनुभएका प्रहरी उपरीक्षक राजेन्द्र बाबु रेग्मी (अ.प्रा.) ज्यू र प्रहरी नायव निरीक्षक कोपिला सिलवाल (अ.प्रा.) ज्यू लाई यस गणका निमित्त गण प्रमुख प्रहरी नायव उपरीक्षक उमाशंकर प्रसाद यादव
लगायत गणमा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी बिदाई गरिएको ।
अनिवार्य अवकाश भई जान लाग्नुभएका अवकाश प्राप्त प्रहरी उपरीक्षक र प्रहरी नायव निरीक्षक ज्यूको अवकाश पश्चातको सुखमय पारिवारीक एवं सामाजिक जीबनको शुभकामना ।