२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

गण्डकी प्रदेश सरकारले पूर्णता पायो मन्त्री राजीव गुरुङ दीपक मनाङेलाई वन मन्त्रीको जिम्मेवारी

Logo
Abc Sanchar प्रकाशित सोमबार, भाद्र १७, २०८१

 

गण्डकी । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले एमालेका ४ मन्त्रीको नियुक्ति र मन्त्रालय हेरफेरसँगै मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसी श्रेष्ठको नेतृत्वमा गण्डकी प्रदेश सरकारमा सहभागी भएको छ । पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउँदा सांसद प्रकाशबहादुर केसी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका छन् ।

यसअघिका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । यता सामाजिक विकास मन्त्रालयबाट फुटाइएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी बागलुङका कृष्ण पाठकले पाएका छन् । एमालेकै मित्रलाल बस्याल उद्योग, पर्यटन मन्त्री भएका छन् ।

कांग्रेसबाट विन्दुकुमार थापा सामाजिक विकास युवा तथा खेलकुद मन्त्री, आर्थिक मामिलामा डा. गुरुङ यथावत छन् । नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीकै जिम्मेवारी पाएका छन् । केन्द्रीय समीकरण बनेको ठ्याक्कै दुई महिनापछि गण्डकी सरकारको मन्त्रिपरिषदले पूर्णता पाएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]