काठमाडौं । सोमबार सशस्त्र प्रहरी बल, नेपाल सम्बन्धी विधेयक, २०८१ को मस्यौदामाथिको छलफलमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।
सशस्त्र प्रहरी बलले पेश गरेको बिधेयकको मस्यौदामा तल्लो तहका प्रहरीलाई १६ र १८ वर्ष सेवा अवधिमा पेन्सन दिने प्रावधान ठिक गरेको बताए।
गृहमन्त्री रमेश लेखकले सय दिनभित्र बिधेयक संसदमा पुर्याउने लक्ष्य रहेकोसमेत बताए । समाजको गति अनुसार कानुनमा पनि संशोधन भइरहने गृहमन्त्री लेखकको भनाई छ।
आर्थिक भार पनि नबढ्ने र सेवामा अकर्षण पनि बढ्छ कि भनेर उमेर हद बढाउने र पेन्सनको अवधि घटाउने विषय विधेयकमा राखेको उनले बताए।
विधेयकलाई भदौ २१ गते गृहमन्त्रालयबाट निर्णय गरेर अर्थ मन्त्रालयमा पठाउने तयारी रहेको गृहमन्त्री लेखकले बताए।
उमेर र पदावधिमा गरिएको घट–बढ र स्वेच्छिक अवकाशको व्यवस्थामा गरिएको परिवर्तनले पर्ने आर्थिक भार र हुने लाभ दुबैलाई हेर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको कानुनमा प्रस्टता नहुँदा मुद्दा अदालतमा पुगेको भन्दै सरकार र सुरक्षा निकायबिच कानुनी विवाद देखिएको गृहमन्त्री लेखकको भनाई छ।