२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

एकैपटक ५ सय ८७ जना नेपाल प्रहरीको इन्स्पेक्टरहरुको सरुवा

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र १८, २०८१

 

काठमाडौं । एकैपटक ठूलो संख्यामा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार एकैपटक ५ सय ८७ जना इन्स्पेक्टरहरुको सरुवा गरेको हो ।

जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ, प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मालाई सरुवा गरिएको छ ।

त्यस्तै कपिलवस्तुस्थित वडा प्रहरी कार्यालय चन्द्रौटामा सुजन शाह, रुपन्देहीको इलाका प्रहरी कार्यालय मझगाउँमा सन्तोष बस्याल र सिराहा स्थित इलाका प्रहरी कार्यालय मिर्चैयामा सन्तोष कुमार बुढाथोकीलाई पठाइएको छ ।

शोभा पाण्डेयलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको छ । विशाल सापकोटालाई इलाका पहरी कार्यालय मनहरि मकवानपुर र बाङगेल लामालाई जाजरकोट स्थित इलाका प्रहरी कार्यालय रिम्नामा सरुवा गरिएको छ ।

पर्सा ट्राफिकमा लोकराज भट्ट, महोत्तरी ट्राफिकमा लक्ष्मीराज जोशी, प्रहरी प्रभाग मंगलबजारमा लीलाभक्त बादे र रौतहट ट्राफिकमा लोकेन्द्र अधिकारीलाई पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]