२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

नेपाल प्रहरीका १० जना प्रहरीलाई हेडक्वाटर अनुसन्धानको लागि तानियो

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र १८, २०८१

 

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय र मातहतका १० प्रहरीलाई (हेडक्वाटर) झिकाएर अनुसन्धान थालिएको छ।

शंकास्पद आर्थिक कारोबार गरेको पाइएपछि थप अनुसन्धान गर्नुपर्ने भन्दै १० जनालाई हेडक्वाटर नक्साल तानेर छानबिन अघि बढाइएको हो। स्रोतका अनुसार जिम्मेवारी खोसेर हेडक्वाटर तानिएकाहरु जवानदेखि सईसम्मका कर्मचारी छन्।

तानिनेहरुमा मधेश प्रदेशका ९ जना र कोशी प्रदेशका १ जना गरी १० जना छन्।

छानबिनका लागि हेडक्वाटर तानिनेहरुमा धनुषाको सीमा प्रहरी चौकी दुवहीमा कार्यरत सई चन्द्रप्रसाद यादव, सप्तरीको मोहवा प्रहरी चौकीमा कार्यरत असई उपेन्द्रप्रसाद यादव, जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत बरिष्ठ हवल्दार निरजकुमार साह, हवल्दार बच्चेलाल यादव छन्।

त्यसैगरी इलाका प्रहरी कार्यालय निजगढका हवल्दार शैलेन्द्रप्रसाद कुर्मी, जानकी प्रहरी चौकीका सहायक हवल्दार अशोककुमार यादव, मधेश प्रदेशका सहायक हवल्दार मुकुन्द शर्मा, जिल्ला प्रहरी कार्यालय धनुषाका जवान शतेश लाल कायस्थ छन्।

त्यस्तै कोशी प्रदेश मातहत कार्यरत रहेका हवल्दार बृजेश मुखियालाई पनि हेडक्वाटर तानिएको छ। उनीहरु मध्ये केही सादा पोशाकमा रहेर काम गरेका प्रहरी छन्।

यो छानबिन मधेश प्रदेशका डीआईजीसम्म ठोकिएको संकेत यसअघि नै प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरले गरेका थिए।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन भैरहवामा उद्घाटन गर्ने क्रममा ११ भदौमा कुँवरले प्रहरीको काम र व्यवहारप्रति नागरिकस्तरमा नकारात्मक छवि बनेको र गुनासा आउने गरेकाले प्रहरी अधिकारीको बैंक खाता चेक गरी अनुचित आम्दानी गरेकालाई कारबाही गरिने बताएका थिए।

प्रहरीभित्र आन्तरिक शुद्धिकरणको अभियान अहिलेको मुख्य प्राथमिकतामा रहेको कुँवरको भनाई थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]