बारा । प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीले निम्न मिति र स्थानमा निम्न वमोजिमको बिल भरपाई नभएको तथा समानहरुको श्रोत खुलाउन नसकेको अं.मुल्य रू.९८ लाख ९३ हजार ५ सय ३१ रुपैया बराबरको समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया, बारा पठाईएको व्यहोरा सूचित गरिन्छ ।
प्रहरी ईकाइ:- ईलाका प्रहरी कार्यालय अम्लेखगंज, बारा ।
मिति २०८१/०५/१८ गते अं. ०२:०० बजेको समयमा जिल्ला बारा, जीतपुरसिमरा उप-महानगरपालिका वडा नं. २१ स्थितमा वीरगंजबाट बाँके तर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख २४३८ नं. को ट्रकलाई ई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा लोड अं.मुल्य रु. ९८,५८,५३१/- बराबरको समानहरु नियन्त्रणमा ।
प्रहरी ईकाइ:- ईलाका प्रहरी कार्यालय प्रसौनी, बारा ।
मिति २०८१/०५/१७ गते अं.१०:२० बजेको समयमा जिल्ला बारा, बिश्रामपुर गा.पा. वडा नं. ०१ स्थितमा भारतबाट नेपालतर्फ भन्सार छली गरी मो.सा.मा ल्याउदै गरेको अं. मुल्य रु. ३५,००००/- बराबरको कपडा( कुर्तासुरुवाल, सुति साडि, मखमलको ब्राउज, साडी) प्रहरी टोलिलाई देखी कपडा फाली मो.सा. लिई मानिस फरार रहेकोले उक्त कपडा नियन्त्रणमा ।