२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

नेपाल प्रहरीका आइजीपी बसन्त बहादुर कुँवर महेन्द्रनगर गड्डाचौकी नाका हुँदै भारत पुगे

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र १९, २०८१

 

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग उनको गृहजिल्ला आएका आईजी भारतको उत्तराखण्ड छिरेका हुन्।

आईजी पत्नीसहित पूर्णागिरी दर्शनका लागि त्यतातर्फ गएको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनी आज (मंगलबार) दिउँसो बनबासा हुँदै उत्तराखण्ड पसेका हुन्।

उनको आजै फिर्ता हुने कार्यक्रम रहेपनी यो समाचार तयार पार्दासम्म फर्केका छैनन्। आईजी गएको पूर्णागिरी मन्दिर भारतको उत्तराखण्ड प्रान्तको टनकपुर सहरको अन्नपूर्ण चुचुरोमा ५५०० फिटको उचाइमा अवस्थित छ।  यो ठाउँलाई महाकालीको पछाडिको क्षेत्र मानिन्छ।

आइजी सोही मन्दिर दर्शन गर्न गएका हुन्। उनी महेन्द्रनगर र धनगढीमा बनेका प्रहरीका भवन तथा संरचना उद्घाटनका लागि गृहमन्त्रीसँगै आएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]