२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

कपिलवस्तुको फलाहारी बाबा बहुमुखी क्याम्पसको तिज शुभकामना आदानप्रदान

Logo
धर्मेन्द्र कुमार कुर्मी प्रकाशित बिहिबार, भाद्र २०, २०८१

 

कपिलवस्तुकाे फलाहारी बाबा बहुमुखी क्याम्पसमामा नेपाली नारीहरुकाे महान पर्व हरितालिका तिजकाे अवसरमा शुभकामना आदानप्रदान तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । तिज पर्वकाे साँस्कृतिक महत्त्व विषयमा अन्तरक्रिया गरि तिजमिलन कार्यक्रम मनाइएको हाे ।

स्ववियु सभापति अभिषेक मणि यादव को अध्यक्षता क्याम्पस संचालक समितिका अध्यक्ष श्यामसुन्दर चौधरीको प्रमुख अतिथियतामा र क्याम्पस प्रमुख सुर्यलाल कसौधन विशिष्ट अतिथिता कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा विद्यार्थीहरुबाट नृत्य कविताको माध्यमबाट लैङिक हिंसा विरुद्ध र समाजिक विकृति ,महिला-पुरुष बीचको विभेदको विरुद्धमा प्रस्तुति गरिएको थियो । क्याम्पस प्रमुख सुर्य लाल कसौधनले एकआपसमा समझदारी भएपछि सामाजिक सद्भाव कायम हुनुको साथै हिंसा र द्वन्द्व न्यूनीकरण हुँदै जाने उनकाे भनाइ राख्नु भएको थियो छ ।

प्रमुख अतिथि श्यामसुन्दर चौधरी ले पनि शुभकामना दिदै तिज पर्वलाई आफ्नो माैलिकता झल्किने गरि नाचगान गर्नेपर्ने बताउँदै आफ्नो संस्कृतिलाई जगेर्ना गर्न परम्परागत  रीतिरिवाजमा सबैले लाग्नुपर्नेमा अध्यक्ष चौधरीले ले जाेड दिए ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रम अध्यक्षता गरेको स्ववियु सभापति अभिषेक मणि यादवले तीज नेपाली नारीहरूको महान पर्वको रुप रहेको छ । हरितालिका तीजको सुरुवात वैदिक सनातन धर्म संग सम्बन्धित रहेको छ भन्दै । हिन्दु धर्म अनुसार माता पर्वतीले भगवान् शिव जी लाई प्राप्त गर्न निरजल व्रत राख्नु भएको थियो । त्यही बेला देखि विवाहित महिलाले आफ्नो श्रीमान् दीर्घआयुको कामना गर्दै व्रत बसछिन् भने अविवाहित दिदी बहिनी आफ्नो इच्छा , कामना पूरा होस् भनी भगवान् शिव जी पुजा अर्चना गरेर खुब धुमधामले नाच गान गरेर मनाउने परम्परा रहेको छ । वहाँ आफ्ना गहकिलो मन्तव्य राख्दै कार्यक्रम पशुपति कुर्मीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]