२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

बाँके प्रहरीले २ वटा हतियारहरू बरामद

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र २०, २०८१

 

बाँके । राप्ती सोनारी गाउँपालिका–४ बासखोली जाने बाटोबाट भरूवा बन्दुक २ थान बरामद भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बैजापुर बाँकेबाट खटिएको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा हातहतियार फेला पारी बरामद गरेको जनाएको छ ।

डुडुवा गाउँपालिका–६ शिख्नपुरूवा बस्ने २४ वर्षीय लक्ष्मणसिंह शिखलाई भरूवा बन्दुक बनाउने विभिन्न सामान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

शिखको घरमा भरूवा बन्दुक बनाउन प्रयोग हुने सामानहरू रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले घर तलासी गर्दा भरूवा बन्दुकको नाल १ थान, बनाउँदै गरेको भरूवा बन्दुकको चित्र भएको काठ २ थान, भरूवा बन्दुक बनाउन प्रयोग हुने नाल ४ थान, फलामको गज १ थान, छर्रा, बारूद र जंगली जनावरको खोपडी सहितको सिङ १ थान फेला पारेको छ ।

दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]