२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

विद्यालयको छात्रावासमा आगलागी हुँदा १७ जना विद्यार्थीहरुको मृत्यु

Logo
ABC-Sanchar प्रकाशित शनिबार, भाद्र २२, २०८१

 

काठमाडौं । न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा मध्यरातमा आगलागी हुँदा बालबालिका सुतिरहेको एक शयनगृह जलेको केन्याको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्रहरीले पीडितको उमेर खुलाएको छैन । घटनास्थलमा फेला परेका शव चिन्न नसकिने गरी जलेका छन् ।

धेरै जना घाइते भएको र तीमध्ये १६ जना गम्भीर रूपमा घाइते भएका छन् । आगो के कारणले लागेको हो भन्नेबारे थाहा नभएको तर अनुसन्धान गरेको प्रहरीले जनाएको छ । केन्यामा यसअघि सन् २०१७ मा पनि एउटा विद्यालयमा आगलागी हुँदा १० जनाको मृत्यु भएको थियो । यस्तै २० वर्ष अघि विद्यालयमै भएको आगलागीमा ६७ जनाले मृत्यु भएको छ ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]