२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

बलात्कारको मुद्दामा कलाकार पल शाहको ४ करोड सकियो

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, भाद्र २२, २०८१

 

काठमाडौं । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दा टुंगिसकेको छ। मुद्दा चल्दै गर्दा करिब एक वर्ष उनी जेलमै बसे। त्यतिबेला पलको पक्षमा एक दर्जन वकिलहरुले बहस गरेका थिए।

सो क्रममा पलले एक वर्षभित्र चार करोडभन्दा बढी पैसा सकिएको बताएका छन्। उनले एक अन्तर्वार्तामा जीवनभर कमाएको पैसा सकिएर पनि घाटा गएको बताएका हुन्।

‘वकिलहरुलाई पे गर्नुपर्छ, एक पटक बहस गर्दा १० जना वकिल हुन्छन्’, उनले भने, ‘एक पटकमा १०÷१५ लाख सकियो, एक वर्षमा ४०÷५० पटक बहस भयो होला, धेरै खर्च भयो।’

दाङ गृह जिल्ला भएका पलले घटना हुनुअघि काठमाडौँमा घर बनाउने तयारी भइरहेको बताएका थिए। तर अहिले त्यो सपना पनि चकनाचुर भएको उनको अनुभव छ।

बलात्कार मुद्दाकै कारण पछिल्लो समय पलका दर्शकहरु दुई वर्गमा विभाजित भएको देखिन्छ। कतिपयले पललाई आइडल मान्दै आएका छन्। भने, कतिपयले अझै पनि एक अवोध युवतीको फाइदा उठाएको भन्दै दोषी ठान्ने गरेको पाइन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) तथा प्रदेश समन्वय विभाग प्रमुख डम्बर बहादुर वि.क. नेपालगन्जको जमुनाह नाका स्थित भन्सारको यात्रु शाखा र एकीकृत जाँच चौकी (ICP) को समस्याबारे बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएको छ। *निरीक्षणको उद्देश्य:* 1. *यात्रु शाखाको अवस्था*: भारतबाट दैनिक हजारौं यात्रु भित्रिने जमुनाह नाकामा यात्रु शाखामा भीड व्यवस्थापन, चेकजाँच प्रक्रिया, भन्सार छुटको […]

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

error: Content is protected !!