२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

भालुवाङबाट नयाँ दलको घोषणा नेपाल कम्युनिष्ट पार्टी बामपंथी केन्द्र गठन

Logo
बिदुर एमसी प्रकाशित मंगलबार, भाद्र २५, २०८१

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा एउटा अर्को नयाँ दलको घोषणा गरिएको छ । अहिलेसम्म सत्तामा आसिन दलहरूबाट असन्तुष्ट बनेका र विशेषगरी नेपाली कम्युनिष्ट आन्दोलनमा देखापरेका अनेकौं त्रुटिहरुलाई सच्याएर नेपाल कम्युनिष्ट पार्टी बामपंथी केन्द्र गठन गरेको घोषणा कार्यक्रममा बताइएको छ ।

दाङको देउखुरीमा राप्ती उपत्यका अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर १, स्थित राप्ती उद्योग बाणिज्य संघ भालुवाङको सभाहलमा पत्रकार सम्मेलन गर्दै सो नेकपा बामपंथी केन्द्र घोषणा गरिएको हो । देशैभरबाट ५१ सदस्यीय केन्द्रीय समिति रहेको दाबी गरिएको दलको प्रतिनिधित्वको रूपमा
नेता संयोजक राजकुमार कक्षपती, अध्यक्ष मुकुन्द रोका र महासचिव अर्जुन अधिकारीको नाम मात्रै सञ्चारमाध्यम मार्फत जानकारी गराएको पार्टीका अध्यक्ष मुकुन्द रोकाले बताएका छन् ।

कम्युनिष्ट सिद्धान्तका अन्य कुराहरू यथावत राख्दै माओवाद वा विचारधाराको सट्टामा माओ सिद्धान्त र मजदूर वर्गको सट्टामा श्रमिक वर्ग उल्लेख गर्ने अनि पार्टीको आवश्यकता अनुसार सत्ताशीत विद्रोह गर्ने अथवा चुनावी मैदानमा जानसक्ने पार्टीको तत्कालीन रणनीति रहेकोे नेता संयोजक राजकुमार कक्षपतीले चर्चा गरे ।

घोषणा सभामा पत्रकारहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष रोका र नेता संयोजक कक्षपतीले पालैपालो जवाफ दिएका थिए । पार्टीका अध्यक्ष मुकुन्द रोकाको अध्यक्षतामा र नेता संयोजक राजकुमार कक्षपतीको प्रमुख आतिथ्यतामा सम्पन्न घोषणा सभा कार्यक्रमको सहजीकरण पार्टी महासचिव अर्जुन अधिकारीले गरेका थिए ।

अहिलेसम्मका कुनै पनि दल अथवा सरकारले आम नागरिकको समस्यामा खासै ध्यान नदिएको, बेरोजगारी भ्रष्टाचार र अनियमितताले नैराश्यता ल्याएको, अशिक्षा,गरीबी र भोकमरीले जनताको अवस्था दयनीय हुँदै गएको वर्तमान सन्दर्भमा आफ्नो दलको नेतृत्वमा मात्र यस्ता समस्याहरुको समाधानमा अग्रणी भूमिका खेल्ने बामपंथी केन्द्रका नेताहरुले दाबी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!