२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने सरकारको तयारी

Logo
Abc Sanchar प्रकाशित मंगलबार, भाद्र २५, २०८१

 

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका सांसदहरुले विरोध जनाएका हुन्। माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख रानालाई हटाउन खोजे माओवादीले तीव्र प्रतिवाद गर्ने बताए।

उनले भने, ‘उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुरा मिडियामा हेरियो। यदि यो सत्य हो भने हाम्रो दल त्यसरी हटाउने कुराको तीव्र प्रतिवाद गर्छ। विरोध गर्छ, यस विषयमा स्पष्ट पार्न सभामुखमार्फत अनुरोध गर्दछु। माओवादीका सांसद हितबहादुर तामाङले उपसभामुखलाई हटाउने कुरा स्वीकार्य नहुने बताए।

उनले भने, उहाँलाई महाअभियोग लगाउने कुरा चर्चामा आएको छ। यो हामीलाई स्वीकार्य छैन। यो गलत कदम नचाल्न सरकारलाई आग्रह गर्छु। यस्तै, माओवादीका अर्का सांसद सूर्यमान तामाङले पनि उपसभामुखमाथि नैतिकताको प्रश्न उठाउनुअघि नक्कली भुटानी शरणार्थी प्रकरणलाई हेर्न सरकारलाई सुझाए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]