२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

गृहमन्त्रालयले मंगलबार जिल्ला सिडियोहरुको सरुवामा हेरफेर गर्‍यो को का को आउदै

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र २६, २०८१

 

काठमाडौ । प्रमुख जिल्ला अधिकारीमा कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यलाई पठाउने निर्णय गरेको छ।

काठमाडौं यसैगरी रिक्त रहेका तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी समेत पठाइएको छ।

यस्तै अन्य केहि जिल्लामा पनि क्रमश सिडिओ हेरफेरको गृहकार्य जारी राखिएको छ।

मन्त्रालयले कर्मचारी व्यवस्थापन गर्ने क्रममा लामो समय देखि सिडिओ रिक्त रहदै आएको सिन्धुलीको सिडिओमा लीला प्रसाद शर्मालाई पठाइएको छ। यसैगरी अध्यागमन कार्यालय भैरहवाका प्रमुख अध्यागमन अधिकृत किरण थापालाई रिक्त सिन्धुपाल्चोकको सिडिओको रुपमा पठाइएको छ। यसैगरी गृह मन्त्रालयकै उपसचिव रमा आचार्य सुवेदीलाई जिल्ला प्रशासन कार्यालय प्युठानको सिडिओमा पठाइएको छ।

प्युठानका सिडिओ नारायण प्रसाद अर्याललाई मन्त्रालयमा सरुवा गरिएको छ। यसैगरी इलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुका बाबुराम अर्याललाई अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ। जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक सिडिओ मेघनाथ उपाध्यायलाई इलाका प्रशासन कार्यालय चन्द्रौटामा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ। यसैगरी काठमाडौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई गृह मन्त्रालयमा ल्याइएको छ। यसैगरी गृह मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव डा टोक राज पाण्डेलाई मन्त्रालयमा सरुवा गरिएको छ।

यसैगरी दोस्रो चरणमा समेत केहि जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गर्ने आन्तरिक तयारी जारी राखिएको छ। गृहस्रोतका अनुसार स्याङजा, रामेछाप, दोलखा, रुपन्देही, दाङ, पर्सा, बारा, कपिलवस्तु, डोटी, लगायतका जिल्लामा नयाँ सिडिओ पठाउने गृहकार्य जारी राखिएको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]