२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

शरीरका विभिन्न भागमा भगवानको ट्याटु खोपेका सजना तिवारीलाई म्यूजिक भिडियो खेल्न अफर

Logo
Abc Sanchar प्रकाशित बुधबार, भाद्र २६, २०८१

 

काठमाडौं । पोखराकि सजनालाई हालसम्म आधा दर्जन भन्दा बढी म्यूजिक भिडियोमा खेल्नका लागि अफर आइसकेको छ । म्यूजिक भिडियो खेल्नका लागि अफर आएपनि सजनाले भने खेल्ने कि नखेल्ने भनेर निर्णय गरिसकेकी छैनन । यस विषयमा सजनाले केही दिन भित्र निर्णय लिने छिन् ।

ढाडमा गणेश भगवानको ट्याटु खोपेकी सजनाको भिडियो बाहिरिए सँगै यतिबेला सामाजिक सञ्जालमा सजनाको चर्चा चुलिएको छ । सजनालाई फेसबुक ,रिल र टिकटकमा पछ्याउनेहरुको संख्या ह्वात्तै बढेको छ । सजनाको टिकटकमा १८ लाख भन्दा बढी दर्शकले सजनाको भिडियो हेरिसकेका छन् । फेसबुकमा समेत त्यतिकै संख्यामा सजनाको भिडियो हेरिएको छ । सजनाकी संगिनी स्वस्तिका भट्राईले टिकटकमा राखेको सजनाको भिडियोलाई ३४ लाख दर्शकले अवलोकन गरिसकेका छन् ।

सजना ट्याटु खोप्नु आफ्नो सौख भएको बताउँछिन् । ट्याटु खोप्न अझै बाँकी रहेको हुँदा समय खोप्ने बताउँछिन् । आफू आध्यात्मिक व्यक्ति भएका कारण गणेशको आकृतिको ट्याटु खोपेको सजनाले बताइन् । ट्याटुका कारण भाइरल भएपछि सजना खुसी देखिएकी छन् । भाइरल भएपछि सकारात्मक र नकारात्मक प्रतिक्रिया आएको विषयलाई सजनाले सामान्य रुपमा लिईरहेकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

एजेन्सी । विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट प्रति ब्यारेल २.६ प्रतिशत ले बढेर १०२.७० डलर पुगेको छ भने अमेरिकामा व्यापार हुने कच्चा तेल २.३ प्रतिशत बढेर ९७ डलर पुगेको छ। बीबीसीका अनुसार अमेरिका र इरानबिच होर्मुज स्ट्रेटमा गोलाबारी भएको हो। इरानले बिनाकारण हमला गरेकाले प्रतिकार गर्न बाध्य भएको दाबी अमेरिकी सेनाले गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘आक्रमण […]

error: Content is protected !!