कैलाली । नेपाल प्रहरीको सेवा प्रभाव कारीताको मुल्याङ्कन तथा सांगठनिक सुधारका प्रयासहरुमा असल अभ्यास सहित पृष्ठपोषण गर्ने उद्देश्य अनुरुप संचालन गरिएको “नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन Police Baton २०८१” अन्तर्गत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, कैलाली, नेपाल प्रहरी बिद्यालय धनगढी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको निरीक्षण सम्पन्न भएको छ ।
प्रहरी कार्यालय कार्यदक्षता केन्द्रिय मूल्यांकन समितिका संयोजक एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाण्डौका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला सहितको प्रहरी टोलीले “नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन Police Baton २०८१” अन्तर्गत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी लगायत मातहत कार्यालयहरुको स्थलगत रुपमा निरीक्षण भ्रमण तथा अवलोकन गर्नु भएको थियो ।