२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

आईजिपी बसन्त बहादुर कुवंरको परिपत्र बारे अवकास प्राप्त एसपी राजेन्द्रबाबू रेग्मीका १० प्रश्नहरू?

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र २६, २०८१

 

काठमाण्डौं । नेपाल प्रहरीका भर्खरै अवकाश प्राप्त एसपी राजेन्द्र बाबु रेग्मीले आफ्नो फेसबुक मार्फत प्रहरी प्रधान कार्यालयको परिपत्र सम्बन्धमा आईजी बसन्त बहादुर कुवंरलाई केहि प्रश्न ,सल्लाह ,  सुझाव दिदै  १० वटा बुदॅा मार्फत  स्टाटस लेखेका छन्।

प्रहरी महानिरीक्षक बसन्त बा कुँवरले बहालवाला प्रहरी कर्मचारीलाई नेता भेट्न रोक लगाएको बिषयमा परिपत्र गर्दै यदि नेतालाई भेटेमा बिभागीय कारबाहि हुने भन्दै प्रहरी प्रधान कार्यालयले परिपत्र गरेको , उल्लङ्घन गरेमा त्यस्ता ब्यक्तिहरुको रेकर्ड राख्ने चेतावनी दिएको भन्ने सुनियो।
१-माननीय परराष्ट्र मन्त्री ज्यु मार्फत गृहमन्त्रीबाट सरुवा बढुवामा आउने लिष्टलाई अस्वीकार गर्नै हिक्मत वा साहस तपाईंमा छ ?
२-तपाईं सोझो र एकदम इमानदार पनि हो तर तत्कालीन मानव श्रोत बिभागका सन्दिप भण्डारीले सरुवा बढुवामा त्यत्रो चलखेल गर्दा पनि के कारबाही भयो ?
३- निर्भिक , निडर , जिबनमा कसैप्रति आश पनि छैन , कसैबाट त्रास पनि छैन।सके सहयोग गरयो होइन भने आफ्नो बाटो लाग्ने आम नेपाल प्रहरीको आस्था र भरोसाका केन्द्र , सादगी र सन्त जीवन बिताउने बानि परेका प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईलाई नै मानव श्रोतमा नराखेर किन आफ्नो बिश्वासमा कमि गर्नुभयो।
४- मुलकका राजनैतिक दलहरु बिघटनको संघारमा छन् ।अच्युतकृष्न खरेल , राम काजी बान्तवा ,कुमार कोइराला , देबेन्द्र सुवेदी र धिरज प्रताप सिंह जस्तो ठूलो छाती बनाउनुहोश।
५-सुचना सकंलन र बिश्लेषण तपाईंको जीवनको कमजोरी पक्ष हो ।स्वंम सचिबालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको नेकिबेदिको बारेमा कत्तिको जानकार हुनुहुन्छ।?
६-श्रीमान प्रहरी महानिरीक्षक समक्ष के जाहेर गर्नै चाहान्छु भने २०६५ मंसिर महिनामा ट्राफिक प्रहरी निरीक्षकहरुको सरुवामा तत्कालीन कर्मचारी प्रशासन शाखा मीन प्रसाद पोैडेल र प्रहरी महानिरीक्षक हेम बा गुरुङले स्बिबेक अधिकार प्रयोग गरेर निकालेका थिए।पछि सम्म हेम बाहादुर गुरुङ र गृहमन्त्री बाम देब गोैतम बिच बिबाद चलिरहेको थियो।
७-सम्पूर्ण राजनैतिक दलहरुले आफू प्रति हेर्नै ढृष्टिकोण कस्तो छ ।त्यो बुझ्नु जरुरी छ।नेपालका राजनैतिक दलहरु अर्थशास्त्रको उपयोगिताबादिको सिद्धान्तमा रहेर काम गर्छैन।त्यो कुरा तपाईलाई थाहा छ।मत बिगत ४७/४८ साल देख्दै भोग्दै आएको छु।
८ मापदण्ड र परिपत्र भनेको आम प्रहरीको सम्पत्ति र अमुल्य निधि हो भन्ने सकरात्मक भाबलाई प्रहरी बिच फैलाउनुहोश।
९ आम नेपाल प्रहरीहरुको एकल साझा टाउको प्रहरी महानिरीक्षकनै हो भन्ने बिश्वास दिलाउनुहोश।जहाबाट गगां तर्नै सकिन्छ , शुद्ध पानी र शितल हाबाले शरीर सिंचित हुन्छ भन्ने आभाश दिलाउनुहोश।
१० इतिहासमा प्रहरी महानिरीक्षकको रुपमा नाम लेखाउनु भयो ।सुन्दर कर्मद्दारा समुन्द्र तर्न साहस गर्नुहोश।त्यसैले प्रहरी उपरीक्षक सम्मको सरुवा गर्नै अधिकार तपाईमा निहित छ।सरुवा गरेर तालुक कार्यालयलाई बोधार्थ दिनुहोश।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

एजेन्सी । विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट प्रति ब्यारेल २.६ प्रतिशत ले बढेर १०२.७० डलर पुगेको छ भने अमेरिकामा व्यापार हुने कच्चा तेल २.३ प्रतिशत बढेर ९७ डलर पुगेको छ। बीबीसीका अनुसार अमेरिका र इरानबिच होर्मुज स्ट्रेटमा गोलाबारी भएको हो। इरानले बिनाकारण हमला गरेकाले प्रतिकार गर्न बाध्य भएको दाबी अमेरिकी सेनाले गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘आक्रमण […]

error: Content is protected !!