दाङ । घोराही नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको चलानी नम्वर ११७४ मिति २०८१।०५।१७ गतेको पत्रआदेशानुसार वडा प्रहरी कार्यालय घोराही दाङबाट तालुक

जिल्ला प्रहरी कार्यालय कालीकोट सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक राम प्रसाद पाण्डेज्युलाई
कार्यालयमा कार्यरत जु.प्र.अ. तथा अन्य प्रहरी कर्मचारीहरुबाट आगामी कार्यकाल सफलताको शुभकामना सहित बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न गरियो ।